मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानबाट प्रदान गरिने छात्रवृत्तिको निमित्त मल्ल (प्रधानाङ्ग) परिवारका अध्ययनरत
छोरा/छोरी तथा विवाहित भएका छोरीका छोरा/छोरी समेतले निवेदन दिन सक्ने छन् । उक्त छात्रवृत्ति निम्न
समूहका विद्यार्थीहरुलाई प्रदान गरिनेछ |
(1) कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत जेहेन्दार विद्यार्थीहरु |
(2) यस वर्ष SEE परीक्षा दिई रहनु भएका जेहेन्दार विद्यार्थीहरु |
(3) कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत जेहेन्दार विद्यार्थीहरु |
(4) १२ कक्षा भन्दा माथि अध्ययनरत जेहेन्दार विद्यार्थीहरु |
छात्रवृत्तिको निमित्त निश्चित आवेदन पत्र मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानका आजीवन सदस्यको सिफारिशमा पेश
गर्नुपर्नेछ । छात्रवृत्ति पाउने व्यक्तिको छनोट शैक्षिक छात्रवृत्ति समितिको सिफारिशमा मल्ल (प्रधानाङ्ग)
प्रतिष्ठानको कार्यकारी समितिबाट निर्णय गरि प्रदान गरिनेछ | यस वर्षको छात्रवृत्तिको निमित्त २०८१ साल
वैशाख १0 गते भित्र निवेदन rajaram2620@gmail.com मा e-mail मार्फत पठाई सक्नु पर्नेछ |
प्रा डा.राजाराम प्रधानाङ्गको
संयोजक छात्रवृत्ति समिति
उपसभापति, मल्ल (प्रधानाङ्ग) प्रतिष्ठान
मो न: ९८४१७०२६२०
