भक्तपुर,२० वैशाख । मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानले आफ्नाे २४ औं वार्षिक साधारण सभा च्वङ्गपाखा,सल्लाघारी भक्तपुरमा पूजा अर्चनासँगै एक समाराेहकाबीच भव्यतापूर्वक सम्पन्न गरेकाे छ । प्रतिष्ठानका अध्यक्ष डा. माधव सुन्दर मल्लकाे सभाध्यक्षता एवं प्रा.डा.सर्वज्ञ भक्त मल्लकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे सभाले मल्ल (प्रधानाङ्ग )प्रतिष्ठानका सदस्यका जेहेन्दार र प्रतिभावान छाेराछाेरी बिद्यार्थीहरूलाई नियमित रूपमा प्रदान गर्दै आइरहेकाे छात्रबृत्ति याे वर्ष पनि ९ जनालाई प्रदान गरिएकाे छ ।याे वर्षकाे छात्रबृत्ति पाउनुहुनेहरूमा क्रमश : सदिक्षा मल्ल( बिएससि प्रथम वर्ष- प्रतिष्ठान), सुभाङ्गी मल्ल ( बिएससि प्रथम वर्ष – मथुरा फाउण्डेशन), अञ्जली मल्ल(बिबिए प्रथम वर्ष- गजेन्द्र बिद्या भुषण), अर्पन मल्ल (११ कक्षा बिज्ञान- प्रतिष्ठान), रूवेन मल्ल ( कक्षा -६ प्रतिष्ठान), कारेन प्रधानाङ्ग ( कक्षा ७ बिज्ञान – प्रतिष्ठान),आयुषा प्रधानाङ्ग (बिएससी सिएसआईटी – मथुरा फाउण्डेशन), कृतिशा प्रधानाङ्ग (कक्षा १०, द्वारीका भक्त प्रधानाङ्ग छात्रबृत्ति) र करिशा प्रधानाङ्ग- बिएससी सिएसआइटी- प्रतिष्ठान ) रहेका छन् । स्मरणिय छ, उक्त छात्रबृत्तिका दाताहरूमा देवेन्द्रधर प्रधानाङ्ग, डा.माधव सुन्दर मल्ल, राजेश भगत प्रधानाङ्ग, मृगेन्द्र बहादुर प्रधानाङ्ग, मन्जित मल्ल, नृपेन्द्र कुमार मल्ल, राजेन्द्र प्रधानाङ्ग (गजेन्द्र विद्या भुषण), बृन्दावन मान ( मथुरा फाउण्डेशन), स्व. द्वारीका भक्त प्रधानाङ्ग ( सर्वज्ञभक्त -काेमलवदन) रहेका छन् ।
साे कार्यक्रममा अध्यक्ष डा. माधव सुन्दर मल्लले मल्ल ( प्रधानाङ)प्रतिष्ठानकाे उद्देश्य र गतिबिधि माथि प्रकाश पार्नुहुँदै आगामी दिनमा प्रतिष्ठानले अझ बढी सशक्त भूमिका निर्वाह गर्ने र युवा पुस्तालाई देशकाे कला,संस्कृतिकाे पहिचान, महत्व र सम्वर्ध्दनकाे लागि भ्रमण, कार्यशाला गाेष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयाे ।उक्त सभालाई वरिष्ठ रङ्गकर्मी एवं साहित्यकार अशेष मल्ल, संस्कृतिविद् प्रा.डा. पुरूषाेत्तम लाेचन श्रेष्ठ, डा.राजाराम प्रधानाङ्ग,विजयशङ्कर प्रधानाङ्ग, जयन्ति जाेशी प्रधानाङ्गलगायतले सम्वाेधन गर्नुभएकाे थियाे भने प्रमुख अतिथिबाट साेही दिन सम्पन्न रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणवत्र र दाताहरू वृन्दावन मल्ल (मधुसुदन मल्ल) र राजेन्द्र प्रधानाङ्ग (गजेन्द्र विद्या भुषण) लाई सम्मान पत्र द्वारा सम्मानित गरिएकाे थियाे । त्यसैगरी साे सभाबाट महासचिव विजयशङ्कर प्रधानाङ्ग र काेषाध्यक्ष राजेश भगत प्रधानाङ्गले पेश गर्नुभएकाे सचिवकाे प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएकाे थियाे भने मन्जित .मल्लले संकलन गरेका मल्लकालिन सिक्काहरूकाे डिस्प्ले गरिएकाे थियाे ।
साेहि दिन चिरायु अस्पतालकाे सहयाेगमा स्वास्थ्य शिविर र लायन्स क्लवकाे सहयाेगमा रक्तदान कार्यक्रम समेत आयाेजना गरिएकाे थियाे भने नयाँ दाताहरू अशाेक मल्ल र अनुप मल्लले आफ्ना बुबा स्व. गाेविन्द बहादुर मल्लकाे सम्झनामा छात्रबृत्तिकाे लागि १,५०,०००/- र दिपक मल्लले आफ्ना बुबा स्व. हरि बहादुर मल्लकाे सम्झनामा छात्रबृत्तिकाे लागि १,५०,०००/- प्रतिष्ठानलाई प्रदान गर्नुभएकाे थियाे ।
